१७ बैशाख २०८१, सोमबार

काेराेनाकाे उपचारमा एन्टी-मलेरिया औषधी ‘मेफ्लोक्विन’ उपायाेगी: रूसी वैज्ञानिक

प्रकाशित मिति :  29 March, 2020 11:17 am


काठमाडाैं, १६ चैत । 

काेराेना (कोभिड–१९) लागेका विरामीका लागि औलो ज्वराे (मेलेरिया) काे औषधी उपयाेगी रहेकाे रूसी वैज्ञानिकले जनाएका छन् । नयाँ औषधी पत्ता लगाउन विश्वभर अनुसन्धान भैरहँदा वैज्ञानिकले अरू भन्दा औलो ज्वराेकाे औषधी बढी प्रभावकारी रहेकाे तथ्य बाहिर ल्याएका हुन्र ।

मलेरिया प्रतिरोधी औषधीले काराेनाकाे उपचारमा सहयाेगी हुने र भारइसलाई दोहरिएर सरिरमा प्रवेश गर्न सक्ने समेत वैज्ञानिककाे दाबी छ ।
विश्वभरका विशेषज्ञहरूले कोरोनाभाइरसको विशेष खोपको सिर्जनामा जुटिरहेका बेला रूसी विज्ञहरूले यस्तो बताएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डाेलान्ड ट्रम्पले पनि मलेरियाकाे औषधी काेभिड १९ काे उपचारमा उपयाेगी हुने दाबी गरिसकेका छन् ।

रूसको फेडरल मेडिकल बायोलजिकल एजेन्सीले प्रेश वक्तव्य जारी गर्दै दशकाैंदेखि प्रयाेग भइरहेकाे मेफ्लोक्विन औषधीले रोगप्रतिरोधी क्षमता ह्रास  हुदाँ उत्पन्न हुने तापलाई राेक्ने बताइएकाे छ ।  २४ घन्टामा रूसमा नयाँ कोरोनाभाइरसका २२८ नयाँ संक्रमित फेला परेका छन् । रसियामा कुल संक्रमितको संख्या एक हजार २६४ पुगेको छ भने ४ काे मृत्यु भएको छ ।

के हाे औलो (मलेरिया)?

औलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ।  लामखुट्टेको टोकाइका कारणले लाग्ने औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन्। यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ। औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ। एक पटक औलो लागेको केही समयपछि पुन दोहोरियो भने दोस्रो पटमा केही हल्का लक्षणहरू देखिन्छन्। यदि निरन्तर रूपमा औलोका कीटाणुहरूको सम्पर्कमा नरहने हो भने यो रोग लागेपछि मानव शरीरले प्राप्त गर्ने प्रतिरोध क्षमता केही महिना वा वर्षमा हराएर जान्छ।

प्रायजसो यो रोग सङ्क्रमित पोथी एनफिलिज लामखुट्टेका कारणले सर्ने गर्दछ। लामखुट्टेले टोकेपछि औलोको परजीवी त्यसको र्याल हुँदै मानिसको रगतमा पुग्छ। त्यसपछि यो परजीवी कलेजाेमा पुग्छ र वयस्क हुँदै सन्तान उत्पादन गर्छ। प्लाज्मोडियम समूहका पाँच प्रजातिहरूले मानिसमा रोगको सङ्क्रमण गराउँछन् भने तिनीहरू एक मानिस हुँदै अन्य मानिसहरूमा पनि सर्न सक्छन्। विश्वभर प्लाज्मोडियम फाल्सिपारमका कारणले सबैभन्दा बढी मानिसको मृत्यु भएको पाइन्छ।



प्रतिक्रिया दिनुहोस !