४ पुस २०८२, शुक्रबार

मंगलबार नेप्से झिनो अंकले बढ्यो

प्रकाशित मिति :  30 August, 2022 6:27 pm


काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक २.३३ अंकले बढेर १९९५.३४ अंकमा पुगको छ । सेन्सेटिभ परिसूचक पनि १.४९ अंकले बढेर ३८८.९५ अंकमा पुगेको छ । आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमूह मध्ये ७ ओटा उपसमूह बढेको छ भने ६ ओटा उपसमूह घटेको छ ।

मंगलबार नेपाल टेलिकमको सेयर सर्वाधिक कारोबार भएको छ । टेलिकमको ९ करोड ५७ लाख ७२ हजार ५७५ रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटरले कमाएका छन् । कम्पनीको सेयर १० प्रतिशतले सकारात्मक सर्किट लागेर २३१ रुपैँयामा कारोबार भएको छ । सबै बढि विन नेपाल लघुवित्त वित्तीय संस्थाले गुमाएको छ । कम्पनीको सेयर ४.७७ प्रतिशतले घटेको छ ।

कुल २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १६ हजार रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !