६ बैशाख २०८१, बिहिबार

ऋषि पञ्चमीप्रतिको परिवर्तित दृष्टिकोण र हाम्राे कर्तव्य

प्रकाशित मिति :  1 September, 2022 9:18 am


रजश्वालाको विषयलाई लिएर मात्र नकारात्मक चर्चा गदै पञ्चमीको महिमालाई गलत भनेर आलोचना मात्र गर्नुको साटो दैनिक रुपमा विषादी हालेको खाद्यवस्तु खाएर रोगी बनिरहेका हामीलाई ऋषि पञ्चमी पूजा गर्दा प्रयोग गरिने जडिबुटीको महत्वबारे सचेतना फैलाउन आवश्यक छ ।

आज ऋषि पञ्चमी । हरेक वर्ष तीजको पर्सिपल्ट मनाइएने ऋषि पञ्चमी पर्वको महत्व नै वेग्लै छ । विश्वभर छरिएका रहेका नेपाली नारीहरुले हरितालीका तीज र ऋषि पञ्चमी नाचगान तथा पुजाआजा गरेर मनाउने प्रचलन परापूर्व कालदेखि रही आएको छ । गाउँदेखि सहर, स्वदेशदेखि विदेशसम्म पर्व मनाउने प्रचलनले प्राथमिकता पाउनु पनि आफैमा नेपाली र हिन्दू हुनुमा गर्व गर्नुपर्ने अवस्था हो । 

भाद्र शुक्ल द्वितियादेखि भाद्र शुक्ल पञ्चमीको दिनसम्म हिन्दुधर्मालम्बी महिलाहरुले तीज पर्व मनाउने गर्दछन् । तीज पर्वको बेला विवाह भएको चेलीहरु आफ्नो माईती जाने चलन बर्षौदेखि रहदै आएको छ । बर्ष दिन भरी जन्मघर जान नपाएका चेलीलाई तीजको बेला आफ्नो जन्मदिने बाबु आमाको घरमा जाँदाको जति खुसीको अरु के नै होला र ? 

हामी २१ औं शताब्दीका छोरीहरुले यस्ता दिन भोग्नु नपरे पनि हाम्रा हजुरआमा र आमाले भोगेर आउनु भएको छ । अहिले समय अनुसार सामाजिक धारणाहरु परिवर्तन भए । हाम्रा लागि घर र माईती उस्तै हुन सक्ला तर त्यो बेला यस्तो सुख र सुविधा नै थिएन र समाजनै फरक थियो हजुर आमा र आमाले भोगेका दुख हामीले भोग्नु परेको छैन । उहाँहरु जस्तो माईती जानको लागि तीज नै कुर्ने पर्ने अवस्था हाम्रो छैन ।

प्रविधि र यातायातको साधनको विकासका कारण धेरै नेपाली नारीले तीजमा मात्र हैन अरु बेला पनि माइतजान पाउने अवस्था छ । तर परापूर्व कालमा भने माइत जान पाउनु नै ठूलो कुरा हुँदा यस पर्वलाई अझ फरक दृष्टिकोणले पनि हेर्ने गरेको पाइन्छ । जन्मभर र माइतीघरबाट टाढा कर्मथलोमा रहेर पनि सबैले उत्तिकै प्राथमिता दिएर तीज पञ्चमी मनाउने प्रचलन हामीमा छ ।

समाज चेतलशील हुदै गएको छ । कतिपय नारीवादी आवाजहरु पश्चमी पूजामा गरिने विधिलाई लिएर फरक दृष्टिकोणबाट पनि उठ्ने गरेको छ । खासगरी रजश्वाला तथा पाप र धर्मको दृष्टिकोणबाट हेरेर पञ्चमी पूजा विधिको आलोचन हुने पनि गरेको छ । रजस्वला महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । यो पाप र धर्म भन्दा पनि एक सृष्टिको कारक हो । रजस्वला भए पश्चातनै एउटी महिलाले गर्भाधारण गर्न सक्षम हुन्छिन् ।

समाज चेतलशील हुदै गएको छ । कतिपय नारीवादी आवाजहरु पश्चमी पूजामा गरिने विधिलाई लिएर फरक दृष्टिकोणबाट पनि उठ्ने गरेको छ । खासगरी रजश्वाला तथा पाप र धर्मको दृष्टिकोणबाट हेरेर पञ्चमी पूजा विधिको आलोचन हुने पनि गरेको छ । रजस्वला महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । यो पाप र धर्म भन्दा पनि एक सृष्टिको कारक हो । रजस्वला भए पश्चातनै एउटी महिलाले गर्भाधारण गर्न सक्षम हुन्छिन् ।

हरितालिका तीजको पर्सिपल्ट मनाइने ऋषि पञ्चमीलाई रजस्वला भएको बेला गरिएका पाप पखाल्न गरिने एक पूजाको रुपमा मनाउदैँ आएको कुरामा अहिले बहसको विषयबन्दै गएको छ । अरु बेला यसको आलोचना नभए पनि आजका दिन महिला अधिकारकर्मी हरु यसको विरुद्दमा आवाज उठाउदै आएका छन् । सृष्टि धान्ने नारीको रजस्वला पाप नभइ प्राकृतिक  प्रक्रिया भएकोले यो पूजाको बहिष्कार समेत गरेका छन् ।

धर्म र संस्कृति भनेको हामीले जर्गेना गर्ने हो । यसरीनै हामी उग्र नारीवादी भयौ भने तीज पर्वनै नहराउला भन्न सकिन्न । विकृति र अन्धविश्वासलाई हटाई समाजलाई परिवर्तन गर्नेमा आजका युवा पिँढी लाग्नु पर्ने हुन्छ तर बर्षौदेखि चलीआएको परम्परालाई आज आएर यो गलत हो तैले गल्ती गरिस् भन्न भने पक्कै मिल्दैन । विभिन्न संगठनका नाममा दिइने एक दिने भाषणले समाज परिवर्तन पनि हुँदैन । सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षा आजको आवश्यकता हो ।

हुन त म पनि ऋषि पञ्चमी पूजा रजस्वला भएका बेला पाप पखाल्ने पूजा भन्ने कुरामा विश्वास गर्दिन तर पनि मेरी आमाले बर्षौ देखि गरिरहेको ऋषि पञ्चमीको ब्रतका बारेमा यो गलत हो आमा तिमीले यस्तो पूजा नगर तिमिबाट कुनै पाप भएको छैन भन्न सक्दिन । आलोचना गर्न पनि पाइन्छ । विधि पुर्याएर पूजा गर्न पनि पाइन्छ । एक्काइसौं सताब्दीको प्रजातन्त्र उपभोग गरिरहेका हामी मानव समाजले मेरै गोरुको बाह्रै टक्का भनेजस्तो गर्न भने हुदैन । 

धर्म र संस्कृति भनेको हामीले जर्गेना गर्ने हो । यसरीनै हामी उग्र नारीवादी भयौ भने तीज पर्वनै नहराउला भन्न सकिन्न । विकृति र अन्धविश्वासलाई हटाई समाजलाई परिवर्तन गर्नेमा आजका युवा पिँढी लाग्नु पर्ने हुन्छ तर बर्षौदेखि चलीआएको परम्परालाई आज आएर यो गलत हो तैले गल्ती गरिस् भन्न भने पक्कै मिल्दैन । विभिन्न संगठनका नाममा दिइने एक दिने भाषणले समाज परिवर्तन पनि हुँदैन । सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षा आजको आवश्यकता हो ।

मेरो बिहे भएको ७ बर्ष पूरा भयो मैले जीवनमा एक पटक मात्रै ऋषि पञ्चमीको पूजा गरेकी छु त्यो पनि रहरले । मेरो माईतीमा बिहे पश्चातमात्रै ऋषि पञ्चमीको पूजा गर्ने चलन छ । काठमाडौंमा बस्न थालेको १६ बर्ष भयो मेलै थाहा पाए अनुसार यहाँ रजस्वला भएका छोरीहरुले पनि ऋषि पञ्चमीको ब्रत बस्ने गर्छन् ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । ऋषि पञ्चमी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

पूजाका दिनमा चपाइने दत्तिवल (उपमार्ग) महिलाका लागि एक अचुक औषधी हो । यसले विभिन्न रोगहरु निको पार्दछ । ऋषि पञ्चमीका दिन ३६५ वटा दत्तिवल चपाउदा पेटमा भएका रोगहरु नास भएर जाने आयुर्वेदशास्त्रले बताउछ । तुलसीको मठको माटो, अमलाको जराको माटो, बेलको जराको माटोले नुहाउँदा छालाजन्य रोगहरु हराउने विश्वार रही आएकाले ऋषि पञ्चमीका दिन यसको प्रयोग गरिएको धार्मिक शास्त्रमा उल्लेख गरिएको छ । हामीले यो विषयलाई बढी प्राथमिकता दिनुपर्छ । 

रजश्वालाको विषयलाई लिएर मात्र नकारात्मक चर्चा गदै पञ्चमीको महिमालाई गलत भनेर आलोचना मात्र गर्नुको साटो दैनिक रुपमा विषादी हालेको खाद्यवस्तु खाएर रोगी बनिरहेका हामीलाई ऋषि पञ्चमी पूजा गर्दा प्रयोग गरिने जडिबुटीको महत्वबारे सचेतना फैलाउन आवश्यक छ । 

दत्तिवल (उपमार्ग) एक आयुर्वेद औषधी हो । खाना अपच हुदाँ दत्तिवलको जरा पिसेर खानाले पेट सफा हुने र पाचनशक्त्ति बलियो हुने आयुर्वेद डाक्टरहरु बताँउछन् । ऋषि पञ्चमी पूजा विधिमा प्रयोग हुने जडिबुटी महिला स्वास्थयका लागि फलदायी छ । हामी मान्ने संस्कृति पनि बैज्ञानिकनै छ । महिला स्वास्थ्यसँग जोडिएका कति कुराहरु हामीले यस्तै पर्व र संस्कृतिका नाममा उपभोग गरिरहेका छौं यतातिर हाम्रो ध्यान गएको हुँदैन ।

ऋषि पञ्चमी बर्ष भरीमा एक दिन हुने पूजा हो, पाप पखाल्न होस् या माइती बस्न आवाज उठाउँदा वा बिरोध गर्दा खासै फरक पर्दैन । यो बहसले खासै अर्थ पनि राखेको देखिदैन । गत वर्षहरुमा भन्दा यो वर्ष यस्ता आवाज पनि कम उठेको देख्न सकिन्छ । बरु रजस्वला भएर छाउगोठमा मृत्यु भएकी चेलीहरुका अधिकार र स्वास्थ्यका बारेमा आवाज उठाउनु पर्छ निरन्तर  । म आफैले पनि १० बर्ष सम्म सृदूरपश्चिममा बस्दा मेरी आमालाई रजस्वला हुँदा छिमेकीको घरको धारा छुन नदिको कुरा मानसपटलमै छन् । यस्ता समाजमा जनचेतना मूलक कार्यक्रम गरौ । सचेतना बढाऔं । तर वर्षभरी नै । ऋषि पञ्चमीमा मात्र हैन । 

पुस्ता परिवर्नत हुँदै गएको छ । तीज पर्व भड्किलो अवश्य भएको छ तर समाजमा छोरी र बुहारीबीच भेदभाव पनि विस्तारै कम हुँदै गएको छ । पहिलो जस्तो माईत जानकै लागि तीजको दिन कुरिरहनु पर्ने अवस्था पनि छैन । हुन त शहरमा बसेर गाँउको पीडालाई हामीले सहज भन्न नमिल्ला तर गाँउमा पनि अहिले त्यो अवस्था कमै छ ।

म रजस्वला हुदाँ पूजा गर्ने ठाँउ बाहेक सबै तिर पुग्छु । त्योबेला मन्दिर टेक्न मेरो मनले मान्दैन । रजस्वला हुँदा आफैँ खाना पकाउने आफ्नै ओछ्यानमा सुत्छु । रजस्वला भएको बेला छुवाछुत नगर्ने आमालाई पनि जितेर यो एउटा प्राकृतिक प्रक्रिया हो । सरसफाइमा ध्यान दिनुपर्छ भनेरै सिकाइयो । हामीलाई सामान्य लागे पनि बर्षौदेखि त्यही देख्दै आएका हाम्रा आमाहरुलाई यो सामान्य नलाग्नु उहाँहरुको ठाँउमा सहीनै हो ।

विस्तारै समाज परिवर्तन हुँदैछ, अन्धविश्वासका कुराहरु विस्तारै हराउदैँ गएका छन्। हजुरआमाले भोगेका अन्धविश्वास आमाले भोग्दा कम भएका छन्, मेरो पालामा हदै कम भएका छन्, छोरीका पालामा समाजनै परिवर्तन भइसकेको छ । अहिले हुर्किदै गरेकी मेरी छोरीले केही बर्ष पछि मलाइ भन्ने छिन्, “ममी रजस्वला हुँदा तपाईँले पूजा गर्दा, मन्दिर जाँदा तपाईलाई पाप लाग्दैन यो त प्राकृतिक प्रक्रिया हो ।”

समाजको नियम हाम्रा पुर्खाले समाजको हितलाई नै हेरेर बनाएका हुन् । थोरै परिवर्तन गर्न हामीलाई पछि छुट होला । तर परम्परा विर्सने वा परम्पराको पुरै विपरित जान खोज्नुलाई क्रान्तिकारीता भन्न मिल्दैन । 

मेरी आमाले स्वीकार गर्न सहज नमाने जस्तो म पनि छोरीका कुरा सहज मान्न सक्छु वा सक्दिन समयले देखाउने छ । तर अहिले नै म रजश्वाला हुँदा मन्दिर जान सक्दिन, मिल्दैन । समाजको नियम हाम्रा पुर्खाले समाजको हितलाई नै हेरेर बनाएका हुन् । थोरै परिवर्तन गर्न हामीलाई पछि छुट होला । तर परम्परा विर्सने वा परम्पराको पुरै विपरित जान खोज्नुलाई क्रान्तिकारीता भन्न मिल्दैन । 

ऋषि पञ्चमीको शुभकामना । 



प्रतिक्रिया दिनुहोस !