सुनको मूल्यमा सामान्य गिरावट
प्रकाशित मिति : 2 September, 2022 11:29 am
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको ११०५ रुपैयाँमा किनबेच भएको छ ।








