तोलामा ६०० रुपैयाँ बढ्यो सुन
प्रकाशित मिति : 4 September, 2022 11:42 am
काठमाडौं । नेपाली बजारमा आज आईतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेर तोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको १११० रुपैयाँमा कारोबार भइरहेको छ








