बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति : 6 September, 2022 11:31 am
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको मंहासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँ बढेर तोलाको ११२५ रुपैयाँमा कारोबार भइरहेको छ ।








