३ पुस २०८२, बिहिबार

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

प्रकाशित मिति :  12 September, 2022 11:11 am


काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज सोमबार बाँडफाँड गरेको हो ।

सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । आईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार ३१५ आवेदन रद्ध भएका थिए ।

लघुवित्तले भदौ १५ गतेदेखि झण्डै ४ लाख कित्ता सेयर (आईपीओ) निष्कासन तथा बिक्रि खुल्ला गरेको थियो । जसमध्ये कर्मचारीलाई ५ हजार ४७० कित्ता र सामूहिक लगानी कोषलाई १९ हजार ६९० कित्ता सेयर छुट्याइएको थियो । बाँकी सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !