३ पुस २०८२, बिहिबार

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी ह्रातै बढ्यो

प्रकाशित मिति :  13 September, 2022 12:34 pm


काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँ सस्तिएर तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य भने ह्रातै बढेको छ । महासंघको विवरण अनुसार सोमबार स्थिर रहेको चाँदीको मूल्य आज मंगलबार तालामै ३५ रुपैयाँ बढेर तोलाको ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !