१ पुस २०८२, मंगलबार

ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा खोल्दै

प्रकाशित मिति :  15 September, 2022 11:51 am


काठमाडौं । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका लागि प्रकृया सुरु गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक शाखा कार्यालय स्थापनाको लागि दक्षिण कोरियाको नियामक निकायबाट स्विकृति पर्खिरहेको बताएका थिए ।

“दक्षिण कोरियामा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सैद्धान्तिक स्विकृति लिइसकेका छौं । स्थानीय कानुनी परामर्शदाताको माध्यमबाट दक्षिण कोरियाको नियामक निकायमा बैंकको शाखा स्थापनाका लागि औपचारिकरुपमा अनुरोध गरेका छौँ । अबको केही समयभित्र बैंकको शाखामार्फत सम्पूर्ण बैंकिङ्ग सेवाहरु सञ्चालन हुनेछ,” उनले भने ।

दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली साङ्गेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरु नेपालका विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानीका लागि तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !