सुनको मूल्यमा निरन्तर गिरावट
प्रकाशित मिति : 16 September, 2022 12:12 pm
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार पछिल्लो ५ दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।
महासंघको विवरण अनुसार आज मात्रै छापावाला सुनको मूल्य तोलामै १ हजार घटेर तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको मूल्इ तोलाको ९१ हजार रुपैयाँ तोला रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १० रुपैयाँ घटेर तोला ११७०रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भएको थियो ।








