ग्लोबल स्मार्ट प्लसको क्युआरमार्फत भुक्तानी गर्ने दुई जनाले आइफोन १३ पाउने
प्रकाशित मिति : 16 September, 2022 6:21 pm
काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्लोबल स्मार्ट प्लसको क्युआरमार्फत भुक्तानी गर्ने दुई जनालाई आइफोन १३ दिने भएको छ। दसैंलाई लक्षित गर्दै बैंकले यो योजना ल्याएको हो।
असोज १ गतेदेखि महिनाभर चल्ने यो अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिने बैंकले जनाएको छ।
बैंकले यो योजना स्वीफ्ट टेक्नोलोजी तथा स्मार्ट च्वाइस टेक्नोलोजिजको सहकार्यमा ल्याएको जनाएको छ।
यो योजना सहभागी हुन महिनाभर पाँच सय रुपैयाँ वा सो भन्दा बढीको क्युआरमार्फत ६ वटा भुक्तानी हुनुपर्ने बैंकले जनाएको छ।








