सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट बीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौं बीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता र बैंकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाडौंमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमूख सुहानी गिरिले हस्ताक्षर गरेका हुन् ।
साथै त्रिसारा, काठमाण्डौंमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा, काठमाडौंका तर्फबाट प्रबन्ध निर्देशक शोभन विर मालाकारले हस्ताक्षर गरेका थिए ।