२ पुस २०८२, बुधबार

सोपान फर्मास्युटिकल्सले १४ करोडको आइपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल

प्रकाशित मिति :  21 September, 2022 12:00 pm


काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । 

हाल कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि सोपानले एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

सोपानका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले उक्त शेयर निष्काशन यसै वर्षभित्रमा नै सम्पन्न गरिसक्ने गरी क्यापिटलसँग योजना बनाएको समेत जानकारी दिए ।

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा अवस्थित गैर आवासीय नेपाली व्यवसायीहरु, नेपाली सफल व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको संलग्नतामा स्थापित सोपान फर्मास्युटिकल्स लिमिटडले आईएसओ, विश्व स्वास्थ्य संगठन तथा युरोपियन मापदण्ड अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी औषधिहरु उत्पादन गर्दै आएको छ ।

यस कम्पनीले औषधि व्यवस्था विभागमा ११० वटा औषधिहरुको उत्पादन अनुमतिको लागि आवेदन पेश गरेकोमा हालसम्म ६० वटा औषधिहरुको उत्पादन अनुमति प्राप्त भैसकेको र २५ वटा औषधिहरु हाल बजारमा विक्री वितरण गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !