संकटका बेला जोखिम बाँडेर एक अर्कालाई सहयोग गरौं: महासंघ
काठमाडौं । बैंक वित्तीय संस्थाहरूले व्याजदर वृद्धि गरेपछि नेपाल उद्योग वाणिज्य महासंघले गम्भिर ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै बैंकहरुले असोज एक देखि लागु हुने गरि ब्याजदरमा गरेको वृद्धिले उद्यमीहरु मर्माहत बनेको भन्दै ध्यानर्कषण गराएको हो ।
कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्पm महासंघ सरकार, केन्द्रिय बैंक र बैंक वित्तिय संस्थाहरूको ध्यानाकर्षण गराउन चाहन्छौं विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै जारी विज्ञप्तीमा भनिएको छ, ”उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ । आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तिय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ । अर्थतन्त्र संकुचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ ।’’
महासंघले संकटको बेलामा जोखिम बा“डेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने बताएको छ ।
त्यस्तै कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघले प्रशंसा गरेको छ ।
विगतमा व्याजदर बढाउँदा पनि निक्षेप नबढेको उल्लखे गर्दै बैंक तथा वित्तीय संस्थाहरुको पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुने जनाएको छ ।
यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न महासंघले गरेको छ ।
‘त्यसैले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघ सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गर्दछ’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।








