१२ श्रावण २०८१, शनिबार

रोल्पाको त्रिवेणी गाँउपालिकामा कोरोना विरुद्ध लड्न १५ लाख रुपैयाँको कोष, गाँउ आवातजावतमा पासको व्यवस्था

प्रकाशित मिति :  31 March, 2020 9:03 am


रोल्पा, १८ चैत ।

रोल्पाको त्रिवेणी गाँउपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १५ लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको छ । गाँउपालिकाको बैठकले कोरोना भाइरस तथा नियन्त्रणका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो ।

गाँउपालिकाका अध्यक्ष शान्ताकुमार ओलीले लुम्बिनी सञ्चारसँग भने,‘कोरोना विरुद्ध काम गर्न सजिलो होस भनेर १५ लाख रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेका हौं ।’

गाँउपालिका बैठकले गाँउपालिका भित्र एक गाँउबाट अर्को गाँउमा जानका लागि समेत पासको व्यवस्था गरेको छ । एउटा गाँउबाट अर्को गाँउमा जाने स्पष्ट कारण खुलार तथा स्वास्थ्य अवस्था हेरेर मात्रै अर्को गाँउमा जान दिने निर्णय गरिएको अध्यक्ष ओलीले जानकारी दिए । अध्यक्ष वलीले भने,‘एउटा गाँउको समस्या अर्को गाँउमा नजाओस भनेर हामीले पासको व्यवस्था गरेका छौं । जानैपरे पनि स्पष्ट कारण खोल्नुपर्ने छ र स्वास्थ्य अवस्था ठिक हुनुपर्ने छ ।’

उनले गाँउपालिकाभन्दा बाहिर जान झन कडाइ गरिएको बताए । समस्या जटिल भएको भन्दै अध्यक्ष वलीले भने,‘गाँउपालिका बाहिर जान झनै कडाइ गरिएको छ ।’ गाडीका लागि पनि गाँउपालिकाले पासको व्यवस्था गरेको छ ।

 

र यो पनि….



प्रतिक्रिया दिनुहोस !