निफ्राले गर्यो लाभांश घोषणा
प्रकाशित मिति : 23 September, 2022 12:12 pm
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७८ ०७९ को लागि आफ्ना सेयरधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको बिहिबार बसेको सञ्चालक समितीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी ४० अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने छ।








