विदा हुँदै कामु प्रधानन्यायाधीस दीपकुमार कार्की
काठमाडौं ।
सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आज विदाइ गर्न लागेको छ । असोज १७ गतेदेखि उमेर हदका कारण अवकाश हुन लागेका कामु प्रधानन्यायाधीश कार्कीलाई दशै विदाका कारण आजै विदाई गर्न लागेको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चका अनुसार भोलिदेखि दसैं बिदा सुरू हुने भएकाले आजै कामु कार्कीलाई औपचारिक विदाइ गर्न लागेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
गत फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए।
राणा निलम्बनमा परेपछि उनी कायममुकायम प्रधानन्यायाधीश भएका कार्की प्रधानन्यायधीस नबनी अवकाश प्राप्त गर्ने भएका छन् ।
कार्कीपछि कामु प्रधानन्यायधीसमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त हुने स्रोतले जनाएको छ । प्रधानन्यायाधीश राणालाई संसदीय सुनुवाई समितिले महाअभियोग लगाउन सिफारिस गरे पनि संसदले पास गरिसकेको छैन। त्यसैले कामयममुकायम प्रधानन्यायाधीश भएर कार्कीले अब २ महिना चलाउनेछन्।








