नाफिज-सीबीफीन बैंकिङ पत्रकारिता पुरस्कारबाट टक्सारकर्मी अनुप आचार्य पुरस्कृत
प्रकाशित मिति : 28 September, 2022 6:19 pm
काठमाडौं । नाफिज-सीबीफीन बैंकिङ पत्रकारिता पुरस्कारबाट टक्सारकर्मी अनुप आचार्य पुरस्कृत भएका छन् ।
टक्सार म्यागजिनमा बैंकिङ क्षेत्रको समाचार लेख्दै आएका आचार्य नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत भएका हुन् । आचार्यसँगै अनलाइनखबरका विजय पराजुली पनि पुरस्कृत भएका छन् । पुरस्कार राशी ५० हजार रूपैयाँकाे रहेकाे छ ।
शारदादेवी-ढुण्डीराज भट्टराई नाफिज पत्रकारिता पुरस्कारबाट बिजमाण्डुका अमिर श्रेष्ठ पुरस्कृत भएका छन् । श्रेष्ठ एक लाख रूपैयाँ राशीबाट सम्मानित भएका हुन् ।








