असोज २८ गतेदेखि इष्टर्न हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै
काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असोज २८ गतेदेखि ६ लाख ७० हजार बढि कित्ता साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकि रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
लगानीकर्ताले छिटोमा कार्तिक १ गतेसम्म ढीलोमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।








