२ पुस २०८२, बुधबार

नेप्से परिसूचक १६ अंकले बढ्यो

प्रकाशित मिति :  29 September, 2022 4:43 pm


काठमाडौं । दशैंअघिको कारोबारको दिन आज सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १६ अंकले बढ्दा ६३ करोड बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३६३.४२ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाइफ इन्स्योरेन्सबाहेक बाँकी सबै वटा उपसमूहको सेयर बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको संस्थापक सेयरको ४ करोड ४८ लाख ५० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार नेप्सेमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । संस्थाको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ ।

कूल २२३ वटा कम्पनीको १७ लाख ९१ हजार ४ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ६३ करोड २४ लाख ७ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !