१४ बैशाख २०८१, शुक्रबार

चुनावका लागि रोल्पामा रु. ३३ लाख सम्म खर्च गर्न सकिने,प्रति मतदाता झण्डै रु. २३ रुपैयाँ पर्ने

प्रकाशित मिति :  6 October, 2022 4:05 pm


काठमाडौं । आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधि सभातर्फ निर्वाचन आयोगले रोल्पामा ३३ लाख रुपैयासम्म खर्च गर्न सकिने मापदण्ड तय गरेको छ ।

निर्वाचन खर्चको मापदण्ड सार्वजनिक गर्दै निर्वाचन आयोगले प्रतिनिधि सभा तर्फ १ निर्वाचन क्षेत्र रहेको रोल्पामा ३३ लाख रुपैयाँसम्म खर्चको मापदण्ड तोकिएको हो । रोल्पामा मतदाता संख्या १ लाख ४५ हजार ४ सय ७१ रहेको छ भने क्षेत्रफल १८८५.४६ वर्गकिलोमिट छ र मतदान केन्द्र १७५ रहेको छ ।

यसरी हेर्दा रोल्पामा प्रतिमतदाता झण्डै २३ रुपैयाँ पर्न जान्छ । ३३ लाख रुपैयाँ खर्च गर्न पाउने जिल्लामा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप काभ्रेपलाञ्चोक १, काभ्रेपलाञ्चोक २, मकवानपुर १, मकवानपुर २, गोरखा १, लम्जुङ, अर्घाखाँची, प्यूठान, दाङ १, बर्दिया १, बर्दिया २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडी रहेका छन् ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभाका उम्मदेवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । विभिन्न पाँचवटा क्लष्टर छुट्याएर निर्वाचन खर्चको सीमा तय गरेको हो ।

मतदाता संख्याका आधारमा खर्चको भार ६० प्रतिशत छ भने मतदान केन्द्रको संख्याका आधारमा २० प्रतिशत, भौगोलिक क्षेत्रफलका आधारमा खर्चको भार २० प्रतिशत तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !