१५ बैशाख २०८१, शनिबार

रहेनन् रोल्पाका ‘जिउँदो इतिहास’ आचार्य, नयाँ जिल्ला स्थापनादेखि शैक्षिक विस्तारसम्म योगदान

प्रकाशित मिति :  9 November, 2022 2:31 pm


रोल्पा । रोल्पा जिल्लाको स्थापना कालका साक्षी तथा योगदानकर्तामध्येका एक चिन्तामणि आचार्यको निधन भएको छ । रोल्पाको ‘जिउँदो इतिहास’का रुपमा चिनिदै आएका समाजसेवी आचार्यको मंगलबार ८२ वर्षको उमेरमा निधन भएको हो ।

दमको रोगसँग जुुधिरहेका आचार्यको उपचारको क्रममा लिवाङमा निधन भएको हाे। बुधवार बिहान श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रमपश्चात धाङ्सी खोलामा पार्थिव सरीरको अन्त्यष्टी गरिएको छ ।

राणाकालमा नेपाललाई ३७ जिल्लामा विभाजन गरिएको थियो । राणाहरूले केन्द्रबाट सबै कार्य र गतिविधिहरुको निर्देशन गर्दथे । वि। सं। २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्ला विभाजन गरियो । यसअघि प्युठान जिल्लामा रहेकोमा २०१८ सालपछि नयाँ जिल्लाका रूप रोल्पा जिल्ला बनेको इतिहास छ ।

जिल्ला स्थापनामा मुख्य भूमिका खेलेका खडानन्द सुवेदीका सारथीको रुपमा आचार्यले भूमिका निभाएका थिए । रोल्पाको पहिलो प्रकाशित कृषि चेतनलहरी प्रकाशन गर्न भारत पुगेको लगायतका आचार्यका अनुभवहरु यसअघि लुम्बिनी सञ्चारमा प्रकाशित भइसकेका छन् ।

मुख्य गरी रोल्पा जिल्लाभर विद्यालयहरु खोल्न मुख्य भूमिका खेलेका आचार्यले रेडक्रस लगायतका समाजिक संस्थाको नेतृत्व गरिसकेका आचार्यले रेडक्रम लगायतका सामाजिक संस्थाहरुलाई जग्गादानसमेत गर्दै आएका थिए ।

राेल्पा जिल्लाकाे एतिहासिक विषयमा जानकारी लिने मुल स्राेतकै रूपमा रहेका आचार्यकाे निधनपश्चात जिल्लाका नागरिकले ‘जिउँदाे इतिहास’काे अवसान भएकाे भन्दै सामाजिक सञ्जालमा सद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

सम्बन्धित सामग्रीहरूः



प्रतिक्रिया दिनुहोस !