३ पुस २०८२, बिहिबार

अफरोड र अनरोडको लागि नयाँ पुस्ताको फोर्ड रेन्जर र्‍यापटर अब नेपालमा

प्रकाशित मिति :  14 November, 2022 5:24 pm


काठमाडौं । अफरोड र अनरोड दुवैमा आफ्नो पर्फमेन्सद्वारा ख्याती कमाएको फोर्ड रेन्जर ¥यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर ¥यापटर नेपाली बजारमा आएको छ । नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन् जसले अफरोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको कम्पनीको भनाइ छ ।

अफरोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्‍यापटरमा नयाँ ट्विन–टर्वो ३.० लिटर इकोबुस्ट भी६ पेट्रोल इन्जिन रहेको छ, जसले ५६५० आरपीएममा ३९७ पीएस पावर र ३५०० आरपीएममा ५८३ एनएम टर्क जेनेरेट गर्छ । फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १० स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर र्‍यापटरको नयाँ ईन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ ।

वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ्ग पावर दिनको लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर र्‍यापटरको एन्टी–ल्याग प्रणालीले थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेण्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरु बीच पनि पावर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस गाडीको लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड इन्जिनियरिङ्ग (सीएई) र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युन गर्ने, भल्वहरु ट्युन गर्ने जस्ता क्रियाकलापहरुद्वारा रेन्जर (यापटरको ड्राइभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ । नेक्स्ट जेन रेन्जर र्‍यापटरमा फोक्स २.५ इन्च लाइभ भल्व इन्टरनल बाइपास सक एब्जर्बर रहेको छ जुन रेन्जर र्‍यापटरमा अहिलेसम्मकै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि रहेको कम्पनीले जनाएको छ ।

नयाँ इन्टेरियर हार्डकोर अफरोड रेसरहरुको लागि ध्यानमा राखी डिजाइन गरिएको छ । इन्स्ट्रयुमेन्ट प्यानल, ट्रिम र सिटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई र्‍यापटरको एम्बियन्ट लाइटिङले बृद्वि गरिएको छ । एफ–२२ र्‍यापटर जेट फाइटरका सिटहरुबाट प्रेरित भएर अगाडि र पछाडिका सिटहरुले यात्रुहरुलाई सडकमा वा अफरोडमा आरामदायी सवारीको अनुभूति दिने कम्पनीकाे भनाइ छ ।

फोर्ड रेन्जर र्‍यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध रहेकाे छ । नेपाली बजारमा ३।० लिटर भी६ पेट्रोल र १०–स्पिड अटोमेटिक नेक्स्ट–जेन रेन्जर र्‍यापटरको मूल्य २ करोड १५ लाख रुपैयाँ तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !