काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना १ बजेपछि सुरु हुने
प्रकाशित मिति : 21 November, 2022 12:25 pm
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना अझै सुरु भएको छैन। मतगणना प्रक्रियाका विषयमा दलका प्रतिनिधिहरुबीच विवाद भएपछि दिउँसो १बजे पछि मात्रै मतगणना सुरु हुने निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।
यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।








