११ पुस २०८२, शुक्रबार

रोल्पामा प्रदेश सभा (ख) का स्वतन्त्र उम्मेदवार सिजलले अग्रता बढाए

प्रकाशित मिति :  23 November, 2022 7:25 am



उमा केसी-
रोल्पा । रोल्पामा प्रदेश सभा तर्फका नेकपा माओवादी केन्द्रका स्वतन्त्र उम्मेदार दिपेन्द्र कुमार पुन ‘सिजल’ले अग्रता बढाएका छन् ।

प्रतिनिधि सभा तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रदेशसभा क मा गठबन्धनका उम्मेदवार जोखबहादुर महराले अग्रता लिइरहदा ख मा स्वतन्त्र उम्मेदवार सिजलले गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका अमरसिह पुन विरुद्ध २३ सय मतले अग्रता लिएका छन्।

कुल २३ हजार २७४ मत गणना हुँदा सिजलले ९ हजार ५२३ मत ल्याएका छन् भने निकटम प्रतिस्पधी अमरसिह पुनले ७ हजार २१७ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका प्रेम घर्तीले ४ हजार ७८३ मत ल्याएका छन् । त्यसैगरि प्रदेशसभा क मा २३ हजार ५४५ मत गणना हुदा गठबन्धनका उम्मेदार नेकपा माओबादी केन्द्रका जोख बहादुर महराले १५ हजार २१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कमल बहादुर बुढाथोकीले ४ हजार ३६५ मत ल्याएका छन् ।

प्रतिनिधि सभा तर्फ २६ हजार ५११ मत गणना हुदासम्म गठबन्धका उम्मेदवार नेकपा माओबादी केन्द्रका वर्षमान पुनले झण्डै तेब्बर मतले अग्रता कायम राखेका छन् । पुनले १६ हजार २१९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदार पूर्ण बुढा मगरले ६ हजार ६१९ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !