२० फाल्गुन २०८०, आइतबार

खुला दिसामुक्त क्षेत्र घोषणा भएपनि दिसाजन्य फोहोर व्यवस्थापन जटिल बन्दै

प्रकाशित मिति :  9 December, 2022 5:24 pm


काठमाडौं । देशका हरेक पार्टीहरुले निर्वाचन नजिकिदैँ गर्दा फोहोर व्यवस्थापन देखि अव्यवस्थित सहरलाई व्यवस्थित सहरको रुपमा रुपान्तरण गर्ने भनेर आफ्ना घोषणपत्रहरु सार्वजनिक गर्छन । तर निर्वाचन जितेपछि त्यी घोषणपत्रका कागजहरु नै फोहोरको रुपमा परिर्वतन हुन्छन् । आज देश संघीयतमा प्रवेश गरेसँगै मानिसहरु गाउँ त्यागेर सहर प्रवेश गर्नेको पनि लर्को सानोतिनो पक्कै छन् । तर शहर प्रवेशको लर्कोले नै आज शहरी क्षेत्र फोहोरले दुर्गन्धीत हुन पुगेको छ ।

देशकै राजधानीको अवस्था हेर्ने हो भने बेला बखत ठोस फोहोरदेखि दिसाजन्य फोहोर व्यवस्थापनको विषयमा वहस चल्दै आएको हुन्छन् । तर ठोस फोहोरको चर्चा गरिरहदाँ दिसाजन्य फोहोरलाई भने वेवस्ता गर्दै आएका छौँ । २०७६ सालमा नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त क्षेत्रमा त घोषण गरियो तर शौचालयबाट जाने दिसा कहाँ व्यवस्थापन गर्ने विषय भने कसैको प्रथामिकताको विषयमा परेन । त्यो कारणले नै आज काठमाडौंदेखि अन्य प्रमुख सहरको नदिनालाहरु दिसाजन्य फोहोरले छपक्कै ढाकेको छ । त्यसकारण खुला दिसा गर्नु र शौचालयमा दिसा गर्नुमा कुनैपनि अर्थपूर्ण भिन्नता भने छैन ।

नेपालका मुख्य सहरहरुले दिसाजन्य फोहोर व्यवस्थापन गर्न केही समय केही कदम त चाले तर सबै सहरहरुले चालेका त्यी कदमहरुमा अहिले पूर्णविराम नै लागेको छ । काठमाडौंमा दिसाजन्य फोहोरलाई प्रशोधन गर्न २०५५ सालमा प्रशोधन केन्द्र बनाइएको थियो । त्यो हाल बन्द अवस्थामा छ । पोखरामा २०५६ मा प्रशोधन केन्द्र बनाइएकोमा अझै पनि सञ्चालनमा आइरहेको छ । त्यसैगरि हालसम्म लभु, गुलरिया, वालिङ्ग, महालक्ष्मी नगरपालिकामा प्रशोधन केन्द्र बनाइएको छ । मधुवन, चारआली झापान, काँकडभित्ता, सुर्खेत लगायतका स्थानमा प्रशोधन केन्द्र बन्ने क्रममा रहेका छन् भने बाकीँ सहरको आजसम्म कुनै पनि योजना छैन ।

काठमाडौंको दिसाजन्य फाहोर व्यवस्थापनको विषयलाई हेर्ने हो भने दैनिक करिब १५० ट्रिप भन्दा बढी दिसाजन्य लेदो संकलन हुदैँ आएको छ । त्यसैगरि करिब ५० भन्दा बढी गाडिहरु दिसाजन्य फाेहाेर संकलनमा छन् भने प्रत्येक दिन ५ लाख लिटर दिसाजन्य लेदो संकलन हुने एन्फोको तंथ्याकले देखाउँछ । तर काठमाडौंमा हालसम्म दैनिक १ हजार लिटर क्षमताको एउटामात्र प्रशोधन केन्द्र रहेको छ ।

देशभर दिसाजन्य फोहोरको उचित रुपमा व्यवस्थापन नगर्दा आज हैजा, पोलियो, टाइफाइ, आउँ, झाडापखला, हेपाटाइटिस ए र ई, जुका (जनावारबाट मानिसमा सर्ने) जस्ता रोगहरु यस्तै कारणले फैलिएको स्वस्थ्य मन्त्रालयको तथ्याकले देखाउँछ । सरकारले सन् २०३० सालसम्म नेपाल दिसाजन्य फोहोरबाट मुक्त हुन्छ भने पनि आजको दिनमा ८९ प्रतिशत जनता ढलरहित सरसफाई प्रणालीमा आश्रित रहेको मन्त्रालयको तंथ्याकले बताउँछ ।

दिसाजन्य फोहोर व्यवस्थापनका केही उपाय :

नेपालको सन्दर्भमा दिसाजन्य लेदो प्रशोधनको लागि ३ प्रकारका प्रविधिहरु उपयुक्त देखिन्छन् । ती हुन साधारण प्रशोधन विधि, होल्डिङ ट्यांक सहितको प्रशोधन विधि र बायोग्यास डाइजेस्टर सहितको प्रशोधन विधि । नेपालमा बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा संचालनमा रहेको दिसाजन्य लेदो प्रशोधनशाला साधारण प्रशोधन विधि हो भने पोखरामा बनेको प्रशोधनशाला होल्डिङ्ग ट्यांक सहितको विधि हो । त्यसैगरी ललितपुर जिल्लास्थित लुभुमा बनेको प्रशोधनशाला बायोग्याससहितको विधि हो । यी मध्ये कुन प्रकारको प्रशोधनशाला छनौट गर्ने भन्ने निर्णय मूलतः प्रशोधनपश्चात श्रोतको पुनःप्रयोगको आवश्यकता वा प्राथमिकता, स्थानीय तापक्रम आदिको आधारमा गरिन्छ ।

साधारण प्रशोधनशालामा दिसाजन्य लेदोलाई स्क्रिनिङ्ग गरेर सिधै स्लज ड्राइङ बेडमा खन्याइन्छ । यसमा दिसाजन्य लेदोमा भएको पानी र ठोसलाई छुट्याउने गरिन्छ । यसबाट रसाएर आएको पानीलाई आवश्यकता अनुसार एनरोबिक ब्याफल रियाक्टर, एनरोबिक फिल्टर, कृतिम सिमसार प्रविधि र पोलिसिङ्ग पोखरी मार्फत् प्रशोधन गरी सुरक्षित विसर्जन गरिन्छ ।

होल्डिङ्ग ट्यांकसहितको प्रशोधनशालामा दिसाजन्य लेदोलाई होल्डिङ्ग ट्यांकमा संकलन गरिन्छ र केहि मात्र पानीलाई निथारेर बाक्लो लेदोलाई स्लज ड्राइङ्ग बेडमा पठाइन्छ भने यसपछि साधारण प्रशोधनशालामा जस्तै विभिन्न प्रशोधन प्रविधिहरुको प्रयोग गरी सुरक्षित विसर्जन गरिन्छ । बायोग्यास सहितको प्रशोधनशालामा दिसाजन्य लेदोलाई सर्वप्रथम होल्डिङ्ग ट्यांकमार्फत पानीलाई निथारेर बाक्लो लेदोलाई बायोग्यास रियाक्टरमा पठाई बायोग्यास उत्पादन गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !