१७ बैशाख २०८१, सोमबार

मुगुमा ४ हजार ५५ जनाको स्वास्थ्य जाँच

प्रकाशित मिति :  6 April, 2020 4:25 pm


मुगु, २४ चैत ।

मुगुमा आजसम्म ४ हजार ५५ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ४ स्थानीय तहका कुल ४ हजार ५५ जनाको स्वस्थ्य जाँच गरिएको हो ।

अहिलेसम्म सबैभन्दा धेरै छायाँनाथ रारा नगरपालिकामा २२ सय ६ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

मुगम कर्मारोङ गाँउपालिकामा ११ सय ११, खत्याड गाँउपालिकाको ६ सय १ र सोरु गाँउपालिकामा १ सय ३७ जनाको स्वास्थ्य जाँच गरिएको जिल्ला प्रशासन कार्यालय मुगुको तथ्याङ्कले देखाएको छ ।

मुगुमा अहिलेसम्म ४७ जनालाई क्वारेन्टाइनमा राखिएको छ र सबै फर्किसकेका छन् । जिल्लाभरीमा १८ वटा हेल्थ डेस्क स्थापना गरिएको छ जसमा छायाँनाथ रारा नगरपालिकामा ५,खत्याड गाँउपालिकामा ३, सोरु गाँउपालिकामा ७, मुगम कर्मारोङ् गाँउपालिकामा ३ वटा हेल्थ डेस्क सञ्चालनमा छन् ।

जिल्लाभरीमा १ सय ९२ क्वारेन्टाइन बेड बनाईएको छ । आइसोलेशन बेड भने छायाँनाथ रारा नगरपालिकामामात्रै छ जहाँ ७ बेड रहेका छन् ।
अहिलेसम्म आइसोलेशनमा कसैलाई पनि नपठाएको जिल्ला प्रशासन कार्यालय मुगुको तथ्याङ्कमा छ ।



प्रतिक्रिया दिनुहोस !