३१ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

प्रकाशित मिति :  1 January, 2023 2:32 pm


पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।

आइतबार पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले पानस दीप बालेर विमानस्थलको उद्घाटन गरेका हुन् ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा पोखराबासीको उत्साहजनक सहभागीता रहेको छ। उद्घाटनका अवसरमा विमानस्थलमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थमन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !