सुनको भाउ : तोलाको एक लाख ६ हजार ३०० रुपैयाँ
प्रकाशित मिति : 24 January, 2023 11:49 am

काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज मंगलबार छापावाला सुनको मूल्य तोलाको एक हजारले बढेर तोलाको एक लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ८०० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । महासंघको जानकारी अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १३६५ रुपैयाँ रहेको छ ।