१२ श्रावण २०८१, शनिबार

प्यूठानमा आरडिटी मार्फत कोरोना परीक्षण गरिएका २७ जनाको नतिजा नेगेटिभ

प्रकाशित मिति :  11 April, 2020 12:16 pm


फोटोःस्वर्गद्वारी नगर प्रमुखको सचिवालय

प्यूठान,२९ चैत ।

प्यूठानमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किट मार्फत आज १६ जनाको कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको  छ ।

स्वास्थ्य कार्यालय प्यूठानका अनुसार आरडिटी मार्फत परीक्षण सुरु भएसँगै आज ऐरावती गाँउपालिकाको क्वारेन्टाइन स्थल रहेको मोती मा.वि. बिरोला केन्द्रमा रहेका १६ जनाको परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयको भनाई छ । भोली स्वर्गद्धारी नगरपालिकाको वडानम्बर-२ को क्वारेन्टाइन रहेको स्वर्गद्धारी अढेबास स्कूलमा परीक्षण हुने छ ।

हिजो मात्रै स्वर्गद्वारी नगरपालिका वडा नम्बर-६ मा बिदेशबाट आइ क्वारेन्टाइनमा बसेका ११ जनाको परीक्षण गरिएको थियो । परीक्षणबाट सबको रिपोर्ट नेगेटिभ आएको थियो । परीक्षणपछि सबैलाई होम क्वारेन्टाइनमा बस्ने गरि घर घरमा पठाइएको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशैभर र्यापिड डायग्नोष्टिक टेष्ट सुरु गरेको छ ।

सातै प्रदेशमा ५-५हजार किट पठाएर परीक्षण सुरु गरेको हो ।

क्वारेन्टाइनमा १४ दिन बसाई अबधि पुगेका ब्यक्तिको परीक्षण गरेपछि नतिजा नेगेटिभ आए एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरि पठाईने छ भने पोजिटिभ नतिजा आएमा भने क्वारेन्टाइनमा राखी पुनः पिसिआर प्रविधिबाट यकिन गर्न जाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने छ ।



प्रतिक्रिया दिनुहोस !