२३ बैशाख २०८१, आइतबार

आज ८ मार्चः अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

प्रकाशित मिति :  8 March, 2023 8:02 am


काठमाडाैँ । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर ११३औँ नारी दिवस मनाइँदैछ ।

नेपालमा पनि सरकारले सार्वजनिक विदा दिएकाे छ भने सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरेर मनाउदै छन् ।

नेपालमा यस वर्षकाे नारा ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ तय गरिएकाे छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।



प्रतिक्रिया दिनुहोस !