२४ बैशाख २०८१, सोमबार

ओडिआई वरियताको १४ औँ स्थानमा उक्लियो नेपाल

प्रकाशित मिति :  6 April, 2023 8:55 am


काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को नयाँ ओडिआई वरियतामा स्थान सुधार गरेको छ ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको हो।

ओडिआई वरियतामा अष्टेलिया शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छ । इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छन् ।

नेपाल भन्दा अघि जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छ । नेपाल भन्दा अघि वरियतामा एसोसिएट टोलीको रुपमा स्कटल्यान्ड मात्रै छ ।

नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस !