२७ माघ २०८२, मंगलबार

आज आमाको मुख हेर्ने दिन

प्रकाशित मिति :  20 April, 2023 7:44 am


काठमाडौँ । आज मातातीर्थ औँसी अर्थात आमाकोको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आफ्ना जन्मदिने आमालाई मिठा मिठा परिकार खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

आज बिहान उठी स्नान गरेरे आफ्ना आमालाई मिठा परिकारका खानेकुरा खुवाएर, उपहार दिएर आशिर्वाद लिने गरिन्छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा राखि जीवनदिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आजका दिन चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । आमा नहुेनहरुले आज मातातीर्थमा रहेको कुण्डमा आफ्नी आमाको आकृति देख्न सक्छन् भन्ने जन विश्वास रहि आएको छ । त्यसैले आजको दिन मातातीर्थमा बिहानैदेखि तिर्थालुहरुको भीड लाग्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !