२६ माघ २०८२, सोमबार

गुल्मीमा आगो निभाउने क्रममा घाइते भएका बालकको मृत्यु

प्रकाशित मिति :  21 April, 2023 10:16 am


सांकेतिक फाेटाे

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परि एक वालकको मृत्यु भएको छ । आगलागीमा परि गम्भीर घाइते बनेका धुर्कोट गाउँपालिका ३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज शुक्रबार बिहान पाल्पा मिसन अस्पताल मृत्यु भएको हो ।

बिहिबार मध्य रातमा परिवारसँगै स्थानीय बर्दवास जङ्गलमा लागेको आगो बस्तीको नजिक आउन थालेपछि आगो निभाउन जाने क्रममा आगोको लप्काले पोल्दा उनी सहित थप एक जना गम्भीर घाइते भएका थिए ।

घाइतेहरूलाई बिहिबार राति नै गुल्मी अस्पताल तम्घासमा पुर्याइएको थियो । तम्घासमा उपचार हुन नसेकपछि राती नै पाल्पाको मिसन अस्पताल पठाइएको थियो । मुखियाको उपचारकै क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको छ ।

सोही ठाउँमा आगलागीमा परि घाइते बनेका वर्ष ५५ का धन बहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !