२६ माघ २०८२, सोमबार

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रवेशमा रोक

प्रकाशित मिति :  25 April, 2023 3:53 pm


काठमाडाैँ । नागरिक उड्ययन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

दुबै जनालाई विमानस्थल प्रवेशमा रोक लगाउँदै प्रवेश पास समेत निस्कृय पारिएको प्राधिकरणले जनाएको छ ।

हिजो राति काठमाडौँ-दुबइ उडानमा चरा ठोक्किएको भन्दै भ्रमपूर्ण सूचना फैलाएको भन्दै कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल पास निष्कृय बनाउँदै प्रवेश पासमा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

हिजो राति काठमाडौँबाट दुबईका लागि उडेको जहाजमा आगोको झिल्को देखिएको थियो ।

जहाज उडेलगत्तै ठुलो आवाजसहित आगोको झिल्का देखिए पनि विमान गन्तव्यतर्फ लागेको थियो ।

फ्लाई दुबईले जहाजमा चरा ठोक्किए पनि सकुशल दुबईमा अवतरण गरेको जनाएको थियो ।

प्राधिकरणले यसको खण्डन गर्दै यसबारे कुनै प्रमाण नभेटिएको बताएको छ । जहाज कम्पनीको भनाई आएसँगै प्राधिकरणले कारबाही प्रकृया अगाडि बढाएको हो ।



प्रतिक्रिया दिनुहोस !