२६ माघ २०८२, सोमबार

करिब साढे दुई महिनादेखि मुम्बईमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

प्रकाशित मिति :  29 April, 2023 9:51 am


काठमाडौँ । भारतमा करिब साढे दुई महिनादेखी उपचाररत प्रतिनिधिसभा सदस्य एंव नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी भोली अर्थात आइतबार स्वदेश फर्कने भएका छन् ।

आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका भण्डारी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

भाइको घरमा आमासँग बस्दै आएका भण्डारी गत फागुन ३ गते राति बुद्धनगर निवासमा ‘ग्यास लिक’ भएर आगालागीबाट आमासहित गम्भीर घाइते भएका डा। भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

नेता भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत थिए ।

पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस !