२६ माघ २०८२, सोमबार

निरु हत्या प्रकरणको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति :  30 April, 2023 7:51 am


काठमाडौँ । कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।

प्रहरी उच्च स्रोतका अनुसार निराको हत्या आरोपमा झापाबाट विनोद बिकलाई पक्राउ गरिएको हो।

काठमाडौंको कपन, सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो ।
घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।



प्रतिक्रिया दिनुहोस !