२६ माघ २०८२, सोमबार

रोल्पा अफिम खेती बढ्दो

प्रकाशित मिति :  30 April, 2023 10:28 am


उमा केसी

राेल्पा । रोल्पामा अफिम खेती बढ्न थालेकाे देखिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले प्रत्येक वर्ष ठुलो क्षेत्रफलमा लगाई राखेको आफिम खेती नष्ट पनि कमी आउन सकेको छैन । जिल्लाका थबाङ,परिर्वतन र त्रिवेणी गाउँपालिका भित्रमा बढीमात्रामा अफिम खेती गर्ने गरेको पाइएको छ । अवैध रुपमा अफिम खेती भैरहेको सूचनाका आधारमा प्रहरीले नष्ट गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक वर्ष २०७७/०७८ मा त्रिवेणी गाउँपालिका वडा नं. ७ भित्रि खोला र परिवर्तन गाउँपालिका वडा नं. ६ मा १८ रोपनी क्षेत्रफलमा लगाई राखेको आफिम खेती नष्ट गरेको थियो ।

उसले आर्थिक वर्ष २०७८/७९ मा परिवर्तन गाउँपालिका वडा नं. ४ मा २२५ रोपनी क्षेत्रफलमा लगाएको आफिम खेती नष्ट गरको थियो । उसले सोहीवर्ष थबाङ गाउँपालिका वडा नं. ४ मालागिरी,जुत्तर,नयाँगाउँ र गुराँसेमा करिव २१० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको थियो ।

चालु आर्थिक वर्षमा समेत जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा गरिदै आएको अफिम खेती नष्ट गरेको छ । प्रहरीले परिवर्तन गाउँपालिका वडा नंं ४ र ५ का विभिन्न वस्ती तथा जंगलको बिचमा करिब २८ रोपनी क्षेत्रफलमा लगाएको २५ हजार ५०० अफिमका वोट नष्ट गरेको हो ।

अवैध रुपमा अफिम खेती भैरहेको सूचनाका आधारमा प्रहरीले उक्त अफिम खेती नष्ट गरेको हो । आफिम खेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारु मगर नेतृत्वको ३८ जनाको प्रहरी टोली र सोही कार्यालयका प्रहरी निरिक्षक नेतृत्वको ३० जनाको अर्को प्रहरी टोली खटिएको थियो ।

“प्रहरीको पहुँच कम भएका र दुर्गम क्षेत्रहरूमा खेती विस्तार भएको पाईन्छ” जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले भने,“वस्ती भन्दाअलि टाढा जंगलमा खेती गरेको देखिन्छ । खेती कसले गर्‍यो भन्ने पनि थाहा हँुदैन । खेती गरेर ठुलो भएपछि स्थानीयहरूले सुराकी दिने गर्दछन् त्यसैको आधारमा प्रहरीले खेती नष्ट गर्ने गर्दछ ।”

जिल्लामा लागु औषध उत्पादन र ओसार पसारका घटना समेत वढ्न थाले संगै प्रहरी यसको नियन्त्रणमा सचेत ढंगले अघि वढेको सारुमगरको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !