५ फाल्गुन २०८२, मंगलबार

उपचारमा सहयोग गर्न अर्घाखाँचीका क्यान्सर पीडित योगेन्द्र सुनारको आग्रह

प्रकाशित मिति :  30 April, 2023 7:04 pm


अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा न ६ बस्ने योगेन्द्र सुनारको परिवारमा अहिले छटपटी छाएको छ ।

५९ वर्षीय सुनार लामो समयसम्म उपचार गर्दा पनि घार्टी तथा गालामा देखिएको समस्या ठिक नभएपछि भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहेका छन् । सुनारको पारिवारिक अन्य आम्दानीको श्रोत समेत छैन ।

अलिकति भएको धन सम्पति उपचारमा सकेपछि उनी २ महिनादेखि भरतपुर अस्पतालको बेडमा प्राणघात रोग क्यान्सरसँग निरन्तर लडिरहेका छन् ।

उपचारका क्रममा धन सम्पति सकेपछि थप उपचारका लागि सहयोग गर्न र आफ्नो जीवन बचाईदिनको लागि आग्रह गरेका छन् ।

सुनारले आफूलाई चिन्ने नचिन्ने सबैले सहयोग गरेर नयाँ जीवन उपहारको रुपमा दिन आग्रह गरे । उनले भने,“मानिसको जीवनमा धेरै खालमा समस्या देखा पर्दोरहेछ । जीवन बचाउने कुरा महान् हो । म अहिले जटिल अवस्थामा पुगेकोले जीवन बचाईदिन सबैलाई आग्रह गर्दछु ।”

५९ वर्षीय सुनारको घरमा आम्दानीको श्रोत नभएकोले जीवन बचाईदिनको लागि सबैलाई आग्रह गदै नयाँ जीवनका लागि सबैले पहलकदर्मी गरिदिनको लागि उनकी छोरी निमकला सुनारले आग्रह गरेकी छिन् ।

सहयोग गर्न चाहनेले निम्न नम्बर खातामा सहयोग गर्न सक्ने छोरी निमकलाले जानकारी गराएकी छन् ।
नाम : योगेन्द्र सुनार
बैक खाता न ४९०७०१००१५५०४
बैक : ग्लोबल आईएमई बैक अर्घाखाँची
फोन : ९८४७३१४७७१



प्रतिक्रिया दिनुहोस !