राेल्पा जीपमा दुर्घटना, एकको मृत्यु
उमा केसी—
रोल्पामा जिप दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गंगादेव गाउपालिका वडा नम्बर २ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख (डीएसपी) श्याम सारु मगरले बताए।
तुलसीपुर देखि रोल्पाको गंगादेव गाउपालिका वडा नम्वर ६ ताप्ला तर्फ आउदै गरेको लु १ ज ४७५५ नम्बरको डवल क्याप जीप आज बेलुकी १६ः३० बजेको समयमा रोल्पाको गंगादेव गाउपालिका वडा नंम्वर २ हेलुमखोला स्थित दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीप ओरालो कच्ची बाटोमा अचानक बे्रक फेल र स्टेरिङले काम नगरी सडकबाट करिव ३ सय मिटर तल खसेको प्रहरी प्रमुख सारुमगरले बताउनु भयो ।
जीपमा सवार चालक सहित १० जना मध्ये ९ जना घाइते भएका थिए । घाइतेहरुलाई तत्काल उद्दार गरि स्थानीय स्वास्थ्थ संस्थामा उपचारपछि थप उपचारको लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।








