अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
प्रकाशित मिति : 2 May, 2023 11:03 am
काठमाडौँ । १८ घन्टादेखि अवरूद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । धादिङको गणेशखोलामा पुलनजिक जमिन भासिएपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार मंगलबार बिहान १० बजेदेखि एकतर्फी सवारी खुलाइएको हो । बाटो मर्मतको काम नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डले नेपाली सेनाको सहयोगमा गरिरहेको छ ।
राजमार्ग अवरूद्ध हुँदा साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका । काठमाडौं आउने सवारी साधनले गल्छी-नुवाकोटको बाटो प्रयोग गरिरहेका थिए भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन राजपथबाट हेटौंडाहुँदै गएका छन्।








