२६ माघ २०८२, सोमबार

तत्कालीन गृहमन्त्री रामबहादुर ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

प्रकाशित मिति :  2 May, 2023 11:11 am


काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।

राईलाई आज बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी गराएका छन् ।

सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएक राई प्रहरीले पक्राउ गरेको हो । राई द्वन्द्वको विज्ञको रुपमा परिचय बनाएका थिए ।

बादल २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री रहेका बेला राई सुरक्षा सल्लाहकार थिए । तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरण गर्न भन्दै २०७६ वैशाखमा कार्यदल गठन गरेको थियो ।

पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलले तयार गरेको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पुराउन ठुलो रकम लिएको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस !