२६ माघ २०८२, सोमबार

दार्चुला हिमपहिरोमा बेपत्ता ५ जनाको पहिचान खुल्यो, खराव मौसमले खोजी कार्यमा कठिनाई

प्रकाशित मिति :  3 May, 2023 10:00 am


काठमाडौँ । दार्चुलाको हिमाली क्षेत्रमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका ५ जनाको पहिचान खुलेको छ । यार्सागुम्बा संकलकको गर्न गएका बेपत्ता पाँच जनाकाे पहिचान खुले पनि खराव मौसममा कारण खोजी कार्यमा कठिनाई भएको छ ।

मंगलबार दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा गएको हिमपहिरोमा परी १२ जना वेपत्ता भएका थिए । जसमध्ये ७ जनालाई प्रहरीले उद्धार गरेको थियो । पाँच जना भने अझै बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् । यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् ।

उक्त क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । बाक्लो हिउँ र अँध्यारो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो । अहिलेसम्म मौसममा सुधार आएको छैन । केही बेरपछि पुनस् उद्धार टोली पठाइने इन्सपेक्टर सिंहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !