२६ माघ २०८२, सोमबार

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी पठन संस्कृति विकासका लागि काेशेढुंगा

प्रकाशित मिति :  3 May, 2023 2:24 pm


काठमाडाैँ। नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकासमा टेवा पु¥याएको अवलोकनकर्ताहरुले बताएका छन् । नयाँ वर्षको अवसर पारेर प्रतिष्ठानको भानुभक्त कक्षमा वैशाख ४ गतेदेखि शुरु भएको प्रदर्शनी अहिले पनि जारी रहेको हो ।

पुस्तक प्रदर्शनीमा पुगेका अवलोकनकर्ताहरुले प्रदर्शनीले पछिल्लो समय ह्रास आइरहेको पठन संस्कृतिमा टेवा दिएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अवलोकनकर्ता रामप्रसाद गुरागाईंले पुस्तकहरु उपयोगी रुहेको र पठन संस्कृतिमा आइरहको ह्रासलाई उकास्न मद्दत गर्ने बताए।

प्रदर्शनीमा पुग्नुभएका प्रविण ढुंगेलले पुस्तक प्रदर्शनीमा खोजेका र पुरना पुस्तकहरु पाइनाले धेरै महत्वपूर्ण भएको बताए। उनले यस्ता पुस्तक प्रदर्शनीहरुले भावि पुस्तामा पठन संस्कृतिको स्थानान्तरण र पुस्तान्तरणमा सहयोग पुग्ने बताए । मेलामा पुगेकी जसतारा कोजूले पठन संस्कृतिको विकासका लागि यस्ता प्रदर्शनीहरु भइरहन आवश्यक भएको बताइन्।

पुस्तक व्यवस्थापन समिति संयोजक सुधिर ढुंगेलले प्स्तक प्रदर्शनीमा हजार वटा जति पुस्तकहरु रहेको बताइन् । उनले प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको पनि बताइन्। उनले पाठकको भीड र चाहनाले एक हप्तासम्म प्रदर्शनी बढाइएको उल्लेख गरे। उनले वैशाख ४ देखि १८ गतेसम्म प्रदर्शनीको समय राखेको तर दर्शकको मागका कारण एक हप्ताको समय बढाएर २५ गतेसम्म पु-याएको बताइन्। 

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को चैत महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिव पाँच सयभन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ । प्रज्ञा नेपाली वृहत शब्दकोश र प्रज्ञा नेपाली अंग्रेजी शब्दकोश लगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।  



प्रतिक्रिया दिनुहोस !