२६ माघ २०८२, सोमबार

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको रिपोर्ट सार्वजनिक

प्रकाशित मिति :  5 May, 2023 5:48 pm


काठमाडाैँ । वल्र्ड भिजन इन्टरनेशनल नेपालले ग्रामिण शहरी क्षेत्रमा अतिजोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधारका लागि सन् २०२२ मा गरेका उपलब्धिको रिपोर्ट सार्वजनिक गरेको छ । 

शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी वल्र्ड भिजन इन्टरनेशनल नेपालले ग्रामिण शहरी क्षेत्रमा अतिजोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधार गर्न प्रणाली सबलीकरण, सेवा प्रवाह, नवप्रवर्तन र समाधानका क्षेत्रमा सन् २०२२ मा हासिल गरेका उपलब्धिको रिपोर्ट सार्वजनिक गरेको हो ।

वल्र्ड भिजन नेपालले हेरक वर्ष बालबालिका र समुदायसँगको सहकार्यमा शिक्षा, स्वास्थ्य, संरक्षण र जीविकोपार्जन क्षेत्रमा गरेका उपल्बधी सार्वजनिक गर्ने गरेको छ ।

वल्र्ड भिजन नेपालले सन् २०२२ मा दीर्घकालिन कार्यक्रम तथा कोभिड १९ प्रतिकार्यमार्फत ७ लाख ८५ हजार बालबालिका र वयस्कहरूको जीवनमा प्रभाव पारेको बताएको छ । वल्र्ड भिजन नेपालको सन् २०२२ मा १४ वटा बालमैत्री,लैङ्गिकमैत्री र अपाङ्गमैत्री कक्षाकोठा र ११ वटा बालमैत्री,लैङ्गिकमैत्री र अपाङ्गमैत्री शौचालय र ३ वटा खानेपानी आयोजना निर्माण गरी विद्यालय सुरक्षालाई सुदृढीकरण गर्ने काम गरेको जानकारी दिएको छ ।

वल्र्ड भिजन नेपालका फिल्ड अप्रेशन निर्देशक अनुप रानाले जीविकोपार्जन कार्यक्रमले समुदायका ४० प्रतिशत घरधुरीलाई राष्ट्रिय औसतभन्दा बढी आम्दानी गर्न सक्ने बनाई गरिबीबाट माथि उकास्न मद्दत गरिएको बताए । उनले वल्र्ड भिजन यस्तो कार्यक्रम लिएर १९ हजार ५६६ घरधुरीमा पुगेको भन्दै तीमध्ये ११ हजार ९६१ घरधुरीले आयव्ययको योजना तयार पार्ने र उनीहरूको मासिक औसत वचत १ हजार ३६७ रहेको बताए । ५१ वटा स्वास्थ्य संस्थालाई मातृ तथा नवजात शिशु स्वास्थ्य र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सेवाका लागि आवश्यक उपकरण सहयोग गरिएको रानाले बताएका छन् । त्यस्तै उनले बाल संरक्षणमा वडा तथा पालिका तहका ७२ मध्ये ६४ वटा बाल संरक्षण समितिसँग सहकार्य गरी बाल संरक्षण गर्न आवश्यक नीति बनाउन सहयोग गरिएको बताए ।

उनले वल्र्ड भिजनले कर्णालीका जुम्ला,मुगु र कालिकोट गरी ३ जिल्लाका ८ नगरपालिकामा पहिरोबाट प्रभावित १८ हजार ६९४ जनालाई सहयोग गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !