३ पुस २०८२, बिहिबार

आजदेखि संसदमा प्रि- बजेट छलफल सुरु हुने

प्रकाशित मिति :  8 May, 2023 8:26 am


काठमाडौँ । आजदेखि प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकको निर्णयअनुसार सोमबारदेखि प्रि- बजेटका बारेमा छलफल हुने भएको हो।

सोमबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट)माथि छलफल सुरु हुने छ । तीन दिनसम्म चल्ने छलफलमा अन्तिम दिन २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यता छ । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अघि राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल समाप्त गरिसक्नुपर्छ ।

नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही वैशाख २७ गते नै प्रि(बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ।

प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने र जेठ १५ गते बजेट प्रस्तुत हुनेछ।



प्रतिक्रिया दिनुहोस !