२६ माघ २०८२, सोमबार

आज कानुन दिवस मनाइँदै

प्रकाशित मिति :  9 May, 2023 8:15 am


काठमाडौँ । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा वि. स २००८ सालमा प्रधानन्यायधिस ऐन जारी भएपछि नेपालमा काननु दिवस मनाउन थालिएको हो ।

२००९ साल वैशाख २६ गते तत्कालिन राजा त्रिभुवनले लालमोहर लगाएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउन थालिएको हो ।

सर्वोच्च अदालतले प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरेको छ । आज देशभरका तिनै तहका अदालतहरुमा बिदा समेत दिइएको छ ।

नागरिकको निष्पक्ष न्याय र समानताको चाहनालाई पूर्व परिभाषित गर्दै हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजनामा कानुन दिवस मनाइन्छ । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज दिउँसो २ बजे शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।



प्रतिक्रिया दिनुहोस !