२३ बैशाख २०८१, आइतबार

ठूलो महामारीबारे गुप्तचरले पटक पटक दिएको चेतावनी किन वेवास्ता गरे पश्चिमा मुलुकले ?

प्रकाशित मिति :  16 April, 2020 3:23 pm


काठमाडाैं, ४ चैत । 

बर्षौदेखि अमेरिका लगायत विश्वका पश्चिमा शक्तिशाली देशका गुप्तचरहरूले एक ठूलो महामारी जुनसुकै बेला फैलिन सक्ने चेतावनी दिइरहेपनि यसको तयारी बारे बेवास्ता गरेको पाइएको छ ।

बर्षौ अघि अमेरिकी गुप्तचरले अनुमान गरेको सरूवा महामारीबारे अमेरिकाले बेवास्ता गरेको पाइएको छ । सन् २००८ मा अमेरिकी गुप्तचरले एक उच्च सरूवा रोग र श्वास प्रश्वाससम्बन्धी रोगबारे एक प्रतिवेदन तयार पारेको थियो । त्यसबारे कुनै पूर्व तयारी नगरिएको पाइएको छ ।

अमेरिकाको राष्ट्रिय गुप्तचर परिषद (निक)ले नयाँ रोग उच्च सरूवा रोग हुन सक्ने विषयमा चेतावनी दिएको थियो । साथै यो रोगको उपचार समयमा हुन नसके विश्वव्यापी महामारी उत्पन्न गराउने गुप्तचर प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

उक्त प्रतिवेदनमा मानिस र जनावर सघनरूपमा बसोबास गर्ने ठाउँबाट यो सरूवा रोग फैलिन सक्ने उच्च जोखिम निम्त्याउने उल्लेख गरिएको थियो ।

कोरानाभाइरस वुहानको त्यस्तै बजारबाट उत्पन्न भएको भनिएको छ । वुहानमा मानिस र जनवारको सघन बस्ती भएको ठाउँ मानिन्छ । यो महामारीको बारेमा निकको पूर्वानुमान सत्य साबित भएको छ ।

सन् २००५मा सरूवा रोगका विज्ञ माइकल अस्टरहोल्मले यो महामारीसँग लडनका लागि समय घर्किसकेको लेखेका थिए । उनले सन् २०१७ मा ‘डडलिस्ट इनमीः आवर वार अगेन्स्ट किल जम्र्स’ नामक पुस्तक लेखेका थिए ।

उनले यो पुस्तकमा उदाउन लागेको खतराबारे सजग गराउँदै बच्नका लागि ९ बुँदे रणनीति तयार गरेको आइरिस स्वतन्त्र पत्रकार डेनिले रेयनले ‘दिज युएस इन्टेल रिपोर्टस अक्युरटली प्रिडेक्टडे पन्डामिक इयर्स अगोः ह्वाइ वाज नथिङ डन? शीर्षकको आलेखमा उल्लेख गरेका छन् ।

यसैगरी इन्फ्लुएन्जा विज्ञ रोबर्ट वेबस्टरले सन् २०१८ मा आफ्नो पुस्तक ‘फ्लु हन्टर’मा ठूलो सामाजिक समस्या र ठोस आर्थिक समस्या अर्को विश्वव्यापी महामारीबाट उत्पन्न हुन सक्ने चेतावनी दिएका थिए ।

शक्तिशाली देशका विज्ञहरूले पनि यो चेतावनी दिएका थिए ।

जनवारका भाइरसले मानिसमा सर्ने विषयको अध्ययन गर्ने अमेरिकी विदेशी सहयोग सम्बन्धी नियोग युएसएआइडीका डेनिस क्यारोल नेतृत्वको ‘प्रेडिक्ट’ कार्यक्रमले पनि जनवारबाट मानिसमा सर्ने भाइरसका बारेमा चेतावनी दिएको थियो ।

अहिले चमेरोबाट सरेको भनिएको यो नयाँ कोरोनाभाइरसबारे अनुसन्धान कार्यक्रम ‘प्रेडिक्ट’ सन् २०१९मा कोषको अभावमा समाप्त भयो । अब अमेरिकाको ट्रम्प प्रशासनले यो कार्यक्रमालाई फेरि ब्युँत्याउने प्रयास गरिरहेको छ ।

अमेरिकी सरकारका नियोगहरूले मात्रै यो नयाँ भाइरसका बारेमा बेवास्ता गरेको पाइएको छैन । सन् २०१२ मा जर्मन सरकारको जोखिम विश्लेषणले पनि यो खतराको पूर्वानुमान गरेको थियो ।

अहिले देखिएको स्वास्थ्य सम्बन्धी जोखिमको पूर्वानुमान र आकस्मिक संकटबारे जर्मनको जोखिम विश्लेषणमा गरिएको थियो । अमेरिकी प्रतिवेदनमा एसियाबाट शुरू हुन सक्ने भाइरसको पूर्वानुमान गरिएको थियो ।

यसमा पनि जंगली जनावरबाट मानिसमा सर्ने भनिएको थियो । जर्मन सरकारको प्रतिवेदनले भ्याक्सिन उपलब्ध हुन तीन वर्ष अघि यो भाइरस देशभर फैलिने जनाएको थियो ।

यो भाइरसले चरम रूप लिएमा १० प्रतिशतको उच्च मृत्युदरले ७५ लाख मानिसको ज्यान जाने पूर्वानुमान गरिएको थियो । इटलीमा मृत्यु दर ७ प्रतिशत र जर्मनीमा १.६ प्रतिशतको मृत्यु दर देखिएको छ ।विश्व स्वास्थ्य संगठनले विश्वको औसत मृत्यु दर ३.४ प्रतिशतको पूर्वानुमान गरेको   छ ।
कोभिड–१९को विषयमा विभिन्न किसिमका षडयन्त्रकारी सिद्धान्तहरू चर्चामा रहेका छन् ।

कसैले चीनको प्रयोगशालामा जैविक हतियारको विकासबाट आएको, कसैले फाइभ जी टेक्नलजिबाट फैलिएको, कसैले अमेरिकी सेनाले सन् २०१९ को वुहानमा भएको विश्व सैनिक खेलकुदमा गएर सारेको चर्चा भएपनि वास्तवमा यो कहाँ उत्पन्न भएको विषयमा ठोस निक्र्यौल भइसकेको छैन् ।

तर, कुनै चर्चामा बषौंदेखि यो महामारीबारे जान्दाजान्दै शक्तिशाली देशहरूले कुनै तयारी किन नगरेको विषयमा सवाल खडा गरेको पाइँदैन ।
युद्धको तयारीमा शक्तिशाली देशहरूले ठूलो धनराशि खर्च गरेको देखियो तर महामारी ढोका अगाडि आएर पनि अनदेखा गरेको देखिएको   छ । बेलायतले पनि गत महिना सार्वजनिक गरिएको प्रतिवेदनमा यो चेतावनी दिँदा पनि कुनै तयारी गरेको नपाएको देखियो ।

सम्भवतः यो महामारीको दुःख पश्चिमा देशहरूमा सुस्त हुने भएर यसलाई बेवास्ता गरिएको आंशका गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुबैले शुरूवाती चरणमा यसबारे केही नगरेको देखिएको छ ।

नेशनल इन्टेलिजेन्स काउन्सिल निकको प्रतिवेदनका उद्धरणहरू फ्रान्सका इतिहासविद् तथा दार्शनिक एलेग्जन्डर एडलरको सन्२००९को पुस्तकमा उल्लेख गरिएको छ ।

एडलरको टिप्पणी यस्तो छ ,‘यस्तो महामारीले अरूलाई खान्छ आफूलाई कहिल्यै खाँदैन भन्ने बुझाइ सजिलै विचार गरिन्छ । मानिसहरूले एउटै डुङ्गामा सबार हुँदा मात्र डुब्ने चिन्ता गर्छन् ।’



प्रतिक्रिया दिनुहोस !