२ माघ २०८२, शुक्रबार

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति :  9 May, 2023 11:33 am


काठमाडौँ । पाल्पा जिल्लाको रामपुर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नम्बर ४ भम्बक बस्ने ३४ वर्षीय गोबिन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।

कुमाल आज (मंगलबार) बिहान आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा नजिकैको बिजुलीको नाङगो तारमा घाँसको डाला अड्किएपछि निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

कुमालकाे रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !