६ जेष्ठ २०८१, आइतबार

क्याप्टेन छनौट गर्न विद्यालयमा निर्वाचन

प्रकाशित मिति :  12 May, 2023 7:08 am


बैशाख । काठमाडौँको सेन्ट जर्ज स्कुलमा विद्यालय क्याप्टेन र भाइस क्याप्टेन छनौटको लागि निर्वाचन गरेको छ ।

निर्वाचनमा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।

चुनाव हुनुभन्दा अगाडि उमेदवार विद्यार्थीहरुले आ-आफ्नो बिचार सहित प्रतिबद्धता व्यक्त गरेका थिए ।

चुनावमा क्याप्टेनका लागि श्रीया चौधरी, तमन्ना थापा, समीक्षा कार्की, भूमिका थापा र भाइस क्याप्टेनमा दिब्या बोहरा, श्रेयसी भट्टराई, आर्यन शाही, तृषा महर्जन, स्रुति राई, सारोन शाही उमेदवार बनेका थिए ।

बालबालिकालाई निर्वाचन प्रक्रिया र नेतृत्व छनौटबारे व्यवहारिक रुममै जानकारी गाराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयका प्रध्यानाध्यापक मेघराज बजगाईंले जानकारी दिए ।

निर्वाचन अधिकृतको रुपमा विद्यालयका शिक्षिकाहरु गायत्री बुढाथोकी, सहायक अधिकृतको रुपमा बितिसा बुढाथोकी, उर्मिला काफ्ले र प्रकृति काफ्ले रहेका थिए । मतदानपछि क्याप्टेनमा तमन्ना थापा र भाइस क्याप्टेनमा आर्यन शाही निर्वाचित भएका छन् ।

निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनलाई निर्वाचन अधिकृत गायत्री बुढाथोकीले सपथ ग्रहण गराइन् ।

कार्यक्रम पश्चात् बिद्यालय व्वस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनलाई बधाई एवं शुभकामना दिंदै उनीहरुको काम कर्तव्य र अधिकारबारे जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !